‘लुट्न सके लुट’पछि पशुपतिको अर्को चर्चित गीत सार्वजनिक  


काठमाण्डौं – चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।

लुट्न सके लुटको विवादपछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् ।

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् ।

पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=3kdSZzs23EA

प्रतिक्रिया दिनुहोस
Advertisement