आज साउनको दोस्रो सोमबार

आज साउनको दोस्रो सोमबार


काठमाण्डु-आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो ।

आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ ।

यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् ।