आजदेखि नेपालमा लागू भयो ई–पासपोर्ट


काठमाण्डु – नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) लागू भएको छ । बुधबार त्रिपुरेश्वरस्थित सभाहलमा पहिलो विद्युतीय राहदानी वितरण गर्दै राहदानी विभागले ई–पासपोर्ट लागू गरेको हो ।

सर्वसाधारणलाई जारी गर्ने ई–पासपोर्ट चक्लेटी रङमा हुनेछ । यसअघिको राहदानी हरियो रङमा थियो । ६ रङमा राहदानी जारी हुने विभागका महानिर्देशक डोलनाथ अर्यालले बताएका छन् । यस्तै अब अनलाइनबाट समय बुकिङ गरेर मात्रै राहदानी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement