विश्वका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन

विश्वका पशुपालक महिलाहरूको अन्तरराष्ट्रिय सम्मेलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेको छ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान र पहिचान गर्ने सशक्त माध्यम बन्ने धारणा राखेको छ ।


पशुपालन जीवनशैलीलाई केवल पशुपालनसंगमात्रै सीमित नभइकन खाद्य प्रणाली जैविक विविधता संरक्षण, पारिस्थितिक संरक्षण, सांस्कृतिक सम्पदा र स्थानीय अर्थतन्त्रसँग गहिरो सम्बन्ध जोडिएको छ, यी प्रणालीहरुलाई ध्यानमा दिएर नीति निर्माण तहमा महिलाहरुको आवाज पर्याप्त रुपमा प्रतिनिधित्व हुन सकिरहेको छैन”, मन्त्री चौधरीले बताए ।

चरण क्षेत्रसम्मका समस्या हाम्रो जीविकोपार्जन प्रणालीका साझा दायित्व हुन भन्दै मन्त्री चौधरीले अन्तरराष्ट्रिय चरनभूमि, उत्पादनशीलता र पशुपालनमा रहेका महिलाहरुको आवाज उठाउनुपर्छ भन्नेमा जोड दिए।

सरकारले प्राथमिकताका साथ विभिन्न सरोकारमा काम गर्दा महिला पशुपालकहरुले उठाएका सरोकार र बिषयलाई सम्बोधन गर्न सकिन्छ भन्दै नेपालमा दुग्ध क्षेत्रको विकासमा ध्यान दिइरहेको बताए ।

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको अन्तरराष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष सन् २०२६ का सहअध्यक्ष डाक्टर मारिया फर्नान्डेज–गिमेनेजले यो सम्मेलन विश्वव्यापी नेटवर्क स्थापित गर्दै विश्वव्यापी घोषणापत्र जारी गर्न सफल हुने विश्वास व्यक्त गर्दै महिलाहरुको आवाजलाई बुलन्द बनाउन सफल हुने धारणा राखे ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन एफएओका आवासीय प्रतिनिधि डाक्टर केन शिमीजुले यो सम्मेलन ऐतिहासिक भएको बताउँदै विश्वव्यापी विविधतालाई एकताबद्ध गर्दै पशुपालक महिलाहरूको क्षमता विकास र नेतृत्व विकासमा सहयोग पु¥याउने विस्वास व्यक्त गरे। उनले यो सम्मेलनले सकरात्मक परिवर्तन ल्याउन सफल हुने विश्वास व्यक्त गर्दै लैङ्गिक उत्तरदायित्व नीतिगत व्यवस्थाका साथै सकरात्मक भविष्यको लागि कोसेढुङ्गा सावित हुने धारणा राखे ।

आजदेखि सुरु भएको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुने छ । सन् २०१० मा भारतको ’मेरा’ क्षेत्रमा भएको विश्व सम्मेलनमा पशुपालक महिलाहरूले तयार पारेको दस्तावेजको समीक्षा गर्नु यो सम्मेलनको मुख्य विषय हो । यसले लैंगिक समानता, पशुपालकको अधिकार र वातावरण संरक्षणलाई जोड दिइएको छ ।