काठमाण्डु त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपालीको प्यानल निर्वाचित भएको छ ।
कपालीले ९०६ मत प्राप्त गरे ।उनका प्रतिस्पर्धी तीलकबहादुर कुमालले ३६५ मत पाए । दीपक कुमार रानामगरले १५३ मत पाए ।
यस्तै सचिवमा रुपक न्यौपाने विजयी भएका छन् । उनले ५४७ मत ल्याएका छन् भने नितिन पाण्डेयले ४८६ मत पाए । कोषाध्यक्षमा प्रज्वल तामाङ ५९२ मत ल्याएर विजयी भए ।



प्रतिक्रिया