पटनाबाट मोतीहारी-अमलेखगन्जसम्म डिजेल पठाइयो


काठमाडौं – मोतीहारी–रक्सौल-अमलेखगन्ज पाइप लाइनबाट तेल आपूर्ती शुरु भएको छ । नेपाल आयल निगमका अनुसार पटनाबाट पाइपलाइनमा पानी र डिजेल पठाइएको छ । ‘पटनाबाट बिहान १० बजे पानी र डिजेल पम्पिङ गरिएको छ । बिहिबार परिक्षणात्मक रुपमा आईओसीले पाइप लाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ ।

पटनाबाट पाइपलाइनमा पहिलो परीक्षणको लागि २२ लाख लिटर पेट्रोल पठाइएको नेपाल आयल निगमले जानकारी दिएको छ । पठाइएको मध्ये १ लाख लिटर अमलेखगञ्ज डिपोमा राखिने र बाँकी २१ लाख लिटर पाइपमै रहने छ । परीक्षणका लागि भारतबाट २० जना र नेपाल आयल निगमका १० जना प्राविधिक आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग पुनः समयमै निर्माण सम्पन्न गर्ने सहमतिस्वरूप मिलेरै शिलान्यास गरेका थिए । त्यसपश्चात् पाइप लाइन निर्माण प्रक्रियाले गति लिएको हो । निगमका अनुसार पाइप लाइनबाट आउने तेल भण्डारण गर्न अमलेखगन्जस्थित आयल निगम डिपोमा स्टोरेज ट्यांक निर्माण गरिँदै छ ।

कुल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्यांक निर्माण भइरहेको छ । ४ ट्यांकमध्ये ४ हजार १ सय किलो लिटर क्षमताका २ वटा ट्यांक निर्माण भइसकेका छन् । ३ हजार ९ सय किलोलिटर क्षमतामा २ वटा ट्यांकमध्ये एउटा तयार भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement