पतंजलीका प्रवक्ता तिजारावालाले भने, ‘दिल्ली पुलिसको गरिमा बनिरहोस्’


एजेन्सी – पतंजलिका प्रवक्ता एसके तिजारावालाले भारतीय पूर्वअर्थमन्त्री अरुण जेट्लीको अंतिम संस्कार भइरहेको बेला आफ्नो फोन चोरी भएकोे बताएका छन् ।

२४ अगस्टमा निधन भएका जेटलीको २५ अगस्टमा हजारौं भीआइपीको उपस्थितिमा दिल्लीको निगमबोध घाटमा अन्तिम सस्कार भइरहेकोे थियो ।

भारतीय राजनितीका ठुला नेता मन्त्रीहरु उपस्थित भएको अन्तिम संस्कारमा चारैतिर सुरक्षा घेरा र मिडियाको उपस्थिति भएको बेला बीजेपी सांसद बाबुल सुप्रियो सहित ११ जनाको फोन चोरी भयो । तिजरावालाले ट्वीट गर्दै आफ्नो फोन चोरी भएको जानकारी दिए र पुनः अर्को ट्वीटमा आफ्नो फोनको लोकेसन स्क्रिनसट गर्दै दिल्ली पुलिस र भारतीय गृहमन्त्रीलाई ध्यान दिन अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘ दिल्ली पुलिस वाले मेरो फोन मलाई फिर्ता ल्याईदिनुस्, भर्खरै चोरी भएको मेरो फोनमा ३ः११ बजे वोडा फोनको सिमकार्ड हालिएको छ । स्क्रीनसटमा देख्न सक्नुहुन्छ, मैले मेरो फोनको लोकेशन सबै पठाएको छु, कृपया देशको राजधानी र दिल्ली पुलिसको गरिमा बनिरहोस ।’ उनले पछिल्लो समय आफ्नो फोन कहाँ कहाँ चलिरहेको छ भन्ने पनि देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement