दिलभूषणको पक्षमा अदालतको आदेश : पक्राउ गर्नुपर्नेसम्मको अवस्था स्थापित भएन, पक्राउ नगर्नू

दिलभूषणको पक्षमा अदालतको आदेश : पक्राउ गर्नुपर्नेसम्मको अवस्था स्थापित भएन, पक्राउ नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पत्रकार दिलभूषण पाठकलाई हिरासतमा राखी अनुसन्धान गर्न जारी पक्राउ पुर्जीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले निवेदकलाई पक्राउ नगर्न गृह मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र न्यायाधीश टीकाराम आचार्यको संयुक्त इजलाशले पाठक पत्रकार भएको, सञ्चारमाध्यमको सामग्रीहरू प्रेस काउन्सिलले हेर्ने लगायतका तथ्य उल्लेख गर्दै उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकले सम्प्रेषण गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नु/नगराउनु ।’

यस्तो छ आदेश –