हेलिकप्टर चाहियो ? पठाओ गर्नुस्

हेलिकप्टर चाहियो ? पठाओ गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डू, १४ जेठ– के अब तपाईं ट्याक्सी र मोटरसाइकल जसरी राइड सेयरिङ एपबाटै हेलिकप्टर बुकिङ गर्न चाहनुहुन्छ ?
यदि त्यस्तो चाहनुहुन्छ भने अब त्यो सम्भव हुने भएको छ ।

राइड सेयरिङ हुँदै सुपर एपका रुपमा विकास गरिरहेको पठाओले अब हेलिकप्टर बुक गर्न मिल्ने गरी सेवा विस्तार गरेको छ । पठाओले सिम्रिक एयरसँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’ सुरुआत गरेको हो ।

राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै पछिल्लो समय पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ ।

अब यात्रुले पठाओ एप अथवा पठाओ हेलीको बेवसाइट पठाओ हेली डटकममार्फत मूल्य निर्धारणसहित सहज रूपमा हेली बुक गर्न सक्ने छन् ।

कम्पनीका अनुसार मुक्तिनाथ, गोसाईकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायतका धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सकिनेछ ।

एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन् । तीर्थयात्रा, नवविवाहित दम्पतीका लागि रमणिय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाओ हेली उपयुक्त हुने कम्पनीको विश्वास रहेको पठाओका प्रबन्ध निर्देशक यशु थकालीले बताए ।


। ‘नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु हाम्रो लक्ष्य हो, मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ–कमर्सलाई एकै प्लेटफर्ममा जोड्दै हामी अघि बढिरहेका छौँ’, थकालीले भने ।

नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष–२०८५ लाई समेत मध्यनजर गरी पठाओ नेपालले यस्तो सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।