शुक्रबारबाट ट्याक्सी सेवा संचालन गर्दै पठाओ


काठमाडौं– पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ । राइड सेयर कम्पनी पठाओका रिजनल डाइरेक्टर अशिममान सिंह बस्न्यातले आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न लागिएको जानकारी दिए । उनकाअनुसार हालसम्म १ सय ५० टेक्सीले पठाओमा आवद्ध हुनको लागी निवेदन दिइसकेका छन् ।

पठाओले मोटरसाइकलबाट सेवा दिंदै आएको थियो । हालसम्म पठाओको ५ लाख एप्स डाउनलोड भइसकेको बस्न्यातले जानकारी दिए । पठाओले सामाजिक संजालमार्फत ग्राहकसंग सेवा सुचारु गर्नको लागी सुझाव मागेको थियो ।

पठाओका अधिकांश ग्राहकले ट्याक्सी सेवा सुचारु गर्न सुझाव दिएपछि यो सेवा दिन लागेको बस्न्यातले बताए ।

ट्याक्सी सेवाको लागी १ सय रुपैया सेवा शुल्क लाग्ने पठाओले जनाएको छ । त्यसपछि भने यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ । सेवा शुल्कको पैसा तिरपेछि यात्रुले जुनसुकै ठाउंमा एपमार्फत ट्याक्सीलाई बोलाउन सक्नेछन् । नेपालमा पछिल्लो समय राइड सेयर कम्पनी पठाओ निकै चर्चित भएको छ । पठाओमा थुप्रै युवाहरुले रोजगारी समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement