काठमाडौं – प्रहरीले पत्रकार वीरेन्द्र साह हत्याका मुख्य योजनाकारलाई पक्राउ गरेको छ । एभिन्युज टेलिभिजनमा कार्यरत साहको हत्या भएको १२ वर्षपछि हत्यारा पक्राउ परेका हुन् ।
पत्रकार साहको हत्यापछि फरार कुन्दन फौजदारलाई प्रहरीले शनिबार राति बाराको बारागढी नगरपालिका वडा नम्बर ६ (साविक गडहल गाविस ५) स्थित उनकै घरबाट पक्राउ गरेको बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रहरीले फौजदार पक्राउ गरेको हो । फौजदारलाई पक्राउ गर्ने क्रममा प्रहरीले ४ राउन्ड हवाई फायर समेत गरेको थियो ।




प्रतिक्रिया