पत्रकारलाई पिटेको र लुटेको आरोपमा तीन जना पक्राउ


इलाम ˗ इलामको चियाबारी एफ.एम.मा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोपमा बिहीबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका ९ का १९ वर्षीय रविन मगर, २२ वर्षीय मनोज मगर र इलाम एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बूलाई भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चियाबारी एफ‍.एम.का बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेमाथि बुधबार राति ९ बजे रेडियोबाट घर फर्कंदै गर्दा कुटपिट र लुटपाट भएको थियो ।

उक्त्त घटनापछि पाठकको स्वास्थ्य अवस्था नाजुक छ भने न्यौपाने सामान्य उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतका अनुसार उनीहरु इलाम नगरपालिका –९, को जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ  परेका हुन् ।

पक्राउ परेकामाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement