वरिष्ठ पत्रकार रविश म्यागसेसे अवार्डद्धारा सम्मानित


एजेन्सी – भारतका वरिष्ठ पत्रकार रविश कुमारलाई प्रतिष्ठित रेमन म्यागसेसे सम्मान प्रदान गरिएको छ । साहसिक र परिवर्तनकारी नेतृत्वका लागि दिइने उक्त सम्मान भारतका वरिष्ठ पत्रकार रविशले पाएका हुन् ।

अवार्ड प्रदान गर्ने संस्था रेमन म्यागसेसे अवार्ड फाउन्डेशनले रविश कुमारले आफ्नो पत्रकारितामार्फत् उपेक्षा गरिएका व्यक्तिहरुको आवाजलाई मूलधारमा ल्याएको बताएको छ ।
रेमन म्यागसेसे संस्थानले भनेको छ, ‘यदि तपाईं मानिसको आवाज बन्नुहुन्छ भने तपाईं पत्रकार हो ।’

रविश कुमार हिन्दी समाचार च्यानल एनडीटीभी इन्डियाका सबैभन्दा लोकप्रिय अनुहार हुन् । रविशबाहेक सन् २०१९ को म्यागसेसे अवार्ड म्यान्मारका को स्वे विन, थाइल्याण्डको अंगखाना निलापाइजित, फिलिपिन्सका रेमुन्डो पुजान्ते र दक्षिण कोरियाका किम जोंग–कीलाई पनि प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement