सरकारको नियमित पत्रकार सम्मेलन स्थगित


काठमाडौं – सरकारले हरेक बिहीबार गर्दै आएको नियमित पत्रकार सम्मेलन आज स्थगित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गरेर आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका कारण मन्त्रिपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो ।

ट्वीटरमा उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणको कारण अघिल्लो मन्त्रिपरिषद् बैठक नबसेकोले प्रत्येक विहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement