रामचन्द्र पौडेललाई भोट दिने रास्वपाको निर्णय


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका साझा उमेदवार रामचन्द्र पौडेललाई भोट दिने निर्णय गरेको छ ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पौडेललाई मत दिने निर्णय गरेको हो । तर, रास्वपाले राष्ट्रपति निर्वाचनको मौन अवधि चलिरहेको भन्दै सार्वजनिक रूपमा कुनै उम्मेदवारको नाम नलिने बताएको छ ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement