सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाएका छैनौँः कप्तान पौडेल

सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाएका छैनौँः कप्तान पौडेल


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम नपाएको गुनासो गरेका छन् ।

१९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतवार काठमाण्डुमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’ कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् ।