संविधान कार्यान्वयनमा जाऔं, जनताको निराशा आशामा परिणत गरौं: राष्ट्रपति पाैडेल


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर गरेको छलफलमा उनले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताए ।

उनले जनताले जे पाइयला भन्ने आशा गरेका छन् त्यसलाई निराशामा परिणत नगर्न आग्रह गरे । ‘त्यो कानून निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ । संविधान कार्यान्वयनमा जाऔं । जनताको निराशामा आशामा परिणत गरौं । यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको हो । जनताले पछाडि फर्किन चाहेका छैनन् मैले बुझेको छु । जनताले अगाडि बढ्ने चाहना राखेका छन् ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement