राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा शाक्य र महालेखापरीक्षकमा राया नियुक्त


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपतिले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement