पल र सनिशाको उत्कृष्ट अभिनय रहेको विष्णु खत्रीको ‘लुम्बिनी’ सार्वजनिक


काठमाण्डु- चर्चित गायक तथा संगीतकार विष्णु खत्रीले आफ्नो नयाँ साङ्गितिक प्रस्तुति लिएर पुनः दर्शकमाझ आएका छन् । ‘लुम्बिनी’ शीर्षकको एल्बम खत्रीले सोमबार सार्वजनिक गरेका हुने् । उक्त एल्बममा शब्द, सङ्गीत र आवाज उनैको रहेको छ भने महिला गायिकामा अन्नु चौधरी रहेकी छन् ।

एल्बममा नायक पल शाह र सनिशा भट्टराईको जोडीको उत्कृस्ट अभिनय रहेको छ । उक्त जोडीलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । काजिश श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा उक्त जोडीलाई पुनः दर्शकमाझ ल्याउने काम खत्रीले गरेका छन् ।

विष्णु खत्री नामक युट्यूब च्यानलमा सार्वजनिक गरिएको उक्त गीतले दर्शकको माया पाइरहेको छ । उक्त गीत युट्यूब च्यानलमा सार्वजनिक गरिएको दुई दिनमै चार लाखले उक्त हेरिसकेका छन् । उक्त गितले करोड क्लब नाघ्ने आंकलन गरिएको छ ।

उक्त गीतलाई आफ्ना पुराना गीतहरु जस्तै धेरै माया गरिदिन आफ्ना शुभचिन्तक, आफन्तजन सम्पूर्ण दर्शकहरुमा गायक खत्रीले अनुरोध गरेका छन् । खत्रीले आफ्नो नयाँ गीत अत्यन्तै राम्रो बनेको जनाउँदै गीतलाई उत्कृस्ट बनाउन अथाह मिहेनत गरेको बताए । आफ्ना अघिल्ला एल्बमजस्तै युटुबको ट्रेन्डिङ नम्बर १ देखि करोड कल्ब माथिसम्म पुर्याउन दर्शक स्रोताले दिएको अपार माया प्रति आभार र कृतज्ञता प्रकट गर्दै खत्रीले यो गीतलाई पनि मन पराएर करोड क्लबमा प्रवेश गराउन सबैलाई अनुरोध गरेका छन् ।

विगत २५ वर्षदेखी लोकदोहोरीको क्षेत्रमा कृयाशिल खत्रीको प्राय सबै सिर्जनाहरु संदेशमुलक हुने गरेका छन् । उनको सबै एल्बम नेपाली स्रोताहरूले मन पराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement