आँचलले प्रेमी सार्वजनिक गरेपछि पलले लेखे यस्तो स्टाटस


काठमाडौं – नायिका आँचल शर्मासँग प्रेम सम्बन्धमा रहेको हल्ला चलिरहेका बेला चर्चित नायक पल शाहले आफुहरु प्रेममा नरहेको दाबी गरेका छन् । आँचलले आफ्नो प्रेमी डा. उदिप श्रेष्ठको नाम सार्वजनिक गरेपछि पलको यस्तो प्रतिक्रिया आएको हो ।

उनले आँचल प्रेमिका नरहेको भन्दै एक असल साथी मात्रै रहेको स्पष्ट पारेका छन् । आँचल र आफ्नो नाम जोडेर आइरहेका प्रतिक्रियाप्रति दुःख व्यक्त गरेका पलले अब आफ्नो र आँचलको नाम जोडेर कुनै पनि कमेन्ट वा प्रतिक्रिया नदिन अनुरोध गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा हरितालिका तीजको शुभकामना दिँदै पलले लेखेका छन्, ‘ मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ, आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधै राम्रो साथि थियौ र रहने छौ । सबै अफबाह थियो । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचल जी लाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नया जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहालाई गाली नगरिदिनु होला ।

उहाँको नया जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौ त्यो भन्दा माथि केहि थिएन ! म आफ्नो करियरमा फोकस छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु !! आप जोडी थियौ छौ रहनेछौ ! अन्तमा उहाको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन म मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु !! हरितालिका तिजको सबैलाई धेरै धेरै शुभकामना ।’

प्रतिक्रिया दिनुहोस
Advertisement