कुटपिट गरेको भन्दै नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी


काठमाण्डु – नायक पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । एक चलचित्रकर्मीलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले नायक शाहले आफूलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको छ ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका शाहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको प्रधानको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement