काठमाण्डु – नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेमेन्ट सर्भिसेजको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायक संस्था पेवेल र सजिलोले हुन्डी र तस्करीमा सहयोग गरेको भन्दै दुवै संस्थाको लाइसेन्स खारेज गरिएको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै सम्पति शुद्धीकरण निवारण ऐनका विभिन्न प्रावधानहरुको उल्लंघन गरेको पाइएकाले दुवै संस्थाहरुको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तस्करीको ६१ किलो सुन प्रकरणमा यी दुवै संस्थाको वालेट प्रयोग भएको भन्दै संस्थाका संचालकहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । कम्पनीले गैरकानुनी कारोबार गरेको पुष्टि भएपछि राष्ट्र बैंकले उनिहरुको खाता समेत रोक्का गरेको थियो ।
सीआईबीको अनुसन्धानमा पेवेलमार्फत ८६ अर्ब र सजिलो पेमार्फत २२ अर्बको शंकास्पद कारोबार भएको खुलेको थियो ।

प्रतिक्रिया