पीडित परिवारको गम्भीर आरोप : प्रहरी हवल्दार छोराको हत्यारालाई प्रहरीले नै जाेगाउन खोजे


काठमाडौं – प्रहरी हबल्दार रमेशकुमार थापा गत जेठ २३ गते सल्यानमा मृत फेला नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतक हवल्दारका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलनमा आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले उल्टै घट्नालाई तोडमोड गरेको आरोप लगाए ।

उनले भने,‘जेठ २३ गते सल्यानको सारदा नगरपालिका सिराचौर वडा नम्बर ५ को जंगलमा मेरो छोराको लाश भेटियो त्यसपछि दैलेखबाट ४ जना हाम्रा मान्छे लाश लिन सल्यान पुगे, प्रकृति मुचुल्का उठाएर शवको पोष्टमार्टम गरियो, २४ गते राति ३ बजे छोरोको लाश दैलेख पुर्याइयो, हामीले धर्मकर्मको आधारमा सतगत गर्यौ, हामीलाई शंका लागेर सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं ।

तर, जाहेरी लिन मानेन, सल्यान प्रहरी प्रमुख भरतबहादुर बिककै सामुन्नेमा प्रहरी जवानसमेत रहेकी मेरी बुहारीले अपमान हुनेगरि कठालोसमेत समातिन, प्रहरी प्रमुखले कुनै प्रतिक्रिया दिएनन् ।’ उनले भने,‘छोराको लाश भेटिएको ठाउँमासमेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन् भन्ने मैले सुनें, श्रीमान् मरेको बेलापनि दुःखित् नहुनु, कुनै प्रकारको संवेदना प्रकट नगर्नुले छोराको हत्यामा संलग्न व्यक्ति त्यही बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरीकहाँ जाहेरी दिन गएको थिएँ । तर, प्रहरीले जाहेरी बुझ्नै मानेन ।’

पीडित परिवारले दिएको जानकारी अनुसार बर्दियाको ई.प्र.का.मैनापोखरबाट ३४ वर्षीय मृतक हवल्दार रमेश कुमार थापा जेठ २० गते ससुराली सल्यान पुगेका थिए । ई.प्र.का.मैनापोखरमै कार्यरत महिला प्रहरी जवानसमेत रहेकी एवम् मृतक थापाकी श्रीमती यशोधरा रावल जेठ १७ गतेनै सल्यान आएको र श्रीमान श्रीमतीबीच मनमुटाव भएको सामान्य जानकारी पाएका पीडित परिवारले जानकारी दिएको छ ।श्रीमान् र श्रीमती एउटै कार्यालयमा कार्यरत हुँदापनि श्रीमानलाई कुनै जानकारी नदिई एक्कासी यशोधरा आफ्नो माईतीघर सल्यान गएको पीडित पक्षको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले घट्नाको बारेमा सत्यतथ्य लुकाउन खोजेको पीडित परिवारले आरोप लगाएका छन् । उनले भने,‘मेरो छोराको शरिरभरि घाउ छन नाङ्गै स्थितिमा लाश भेटिएको छ, यस्तो अवस्थामा हत्या नभएर के हुन्छ ? यस्ता घट्नाहरुलाई किन प्रहरीले लुकाउन र दबाउन खोज्दैछ ?

प्रतिक्रिया दिनुहोस
Advertisement