पेलेको स्वास्थ्य अवस्था बुझ्न नेइमार अस्पतालमा


एजेन्सी – मुत्रनलीमा समस्या आएपछि ब्राजिलियन फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । फ्रान्सको पेरिसस्थित अमेरिकन अस्पतालमा उपचार गराईरहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताईएको छ ।

यसै क्रममा ब्राजिलका स्टार खेलाडी नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन् ।

७८ वर्षीय पेले रोग निको नहुँदै अस्पतालबाट डिस्चार्ज हुन लागेछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको समाचार बाहिर आएको छ ।

नेइमारले पेलेसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट समेत गरेका छन् । नेइमार अहिले खुट्टाको चोटका कारण आराम गरिरहेका छन् । उनी यसै साताबाट पेरिस सेन्ट जर्मन (पीएसजी) को प्रशिक्षणमा फर्कने छन् ।

पेलेलाई अघिल्लो साता फ्रान्सका अर्का स्टार केलियन एमबाप्पेले पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement