पेट्रोलको मूल्य बढ्यो, प्रतिलिटरको कति ?


काठमाण्डु- नेपालमा पेट्रोलको मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पनि पेट्रोलको मूल्य बढाइएको हो ।

जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको भने मूल्य यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement