पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाण्डु- पेट्रोलियम पदार्थको मूल्य बढेको छ। भारतबाट मूल्य बढेर आएकोमा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको छ । बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement