काठमाण्डु – चाडपर्व नजिकिएसँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा १, डिजेलमा २, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा २ रुपैयाँ घटाइएको जनाएको छ ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।
इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसूस गर्ने विश्वास गरिएको छ । आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।
प्रतिक्रिया