पेट्रोलियम पदार्थको मूल्य बढ्यो, मध्यरातिदेखि लागू

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, मध्यरातिदेखि लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ ।

निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।