पेट्रोलमा ३ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले भाउ घट्यो, लिटरको कति कायम भयो ?


काठमाडौं– सरकारलेडिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ।

नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँ भाउ घटाउने निर्णय गरेको हो ।

नयाँ भाउ अनुसार अब पेट्रोल लिटरको १ सय १० रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर समान ९३ रुपैयाँ भएको छ।

भारतीय आयल कर्पोरशनको नयाँ मूल्यसूचीअनुसार पेट्रोलियमको भाउ घटाइएको तर खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement