पेट्रोल भण्डारमा आगो लाग्दा ३५ जनाको मृत्यु


कोटोनु – गैरकानुनी ढङ्गले बेनिनको दक्षिणपूर्वी ओउमे क्षेत्रमा सञ्चालन गरिएको पेट्रोल भण्डार गृहमा आगो लाग्दा एक जना शिशुसहित कम्तीमा ३५ जनाको मृत्यु भएको छभने १० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।

बेननिको आन्तरकि तथा सार्वजनकि सुरक्षा मन्त्रालयका अन्सार शनिबार भएको उक्त आगलागीमा ३५ जनाको अमूल्य जीवन समाप्त भएको छभने १२ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोल भण्डार गरिएको स्थान वरपरका घरसमेत जल्दा भौतिक क्षति पनि धेरै भएको छ । इन्धन सञ्चय गरिएको स्थानमा आगो लाग्दा ठूलो विष्फोटको आवाज सुनिएको थियो । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै वारुणयन्त्र, प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।

बेनिनमा तस्करी गरिएको पेट्रोल देशको पूर्वी छिमेक नाइजेरियाबाट आउने गरेको छ । नाइजेरिया अफ्रिकाको प्रमुख तेल उत्पादक देश हो जहाँ इन्धन धेरै सस्तो छ । मुनाफा कमाउने उद्देश्यले धेरैले गैरकानुनीरुपमा इन्धन भण्डारण गर्दा बेलाबेलामा बेनिन र नाइजेरियामा पनि यस्ता अकल्पनीय दुर्घटना हुने गरेका छन् ।

यसैबीच, बेनिनको कानुन मन्त्रालयले दुर्घटनाको छानबिन थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement