परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल–मिसनदबिच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल–मिसनदबिच टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी राज्यमन्त्री डा. मरियम बिन्त अली बिन नासेर अल–मिसनदबिच टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा. अल–मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

वार्ताका क्रममा राज्यमन्त्री अल–मिसनदले विपद्बाट ठूलो संख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरे ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल–मिसनदले व्यक्त गरेको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे । उनले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला टेलिफोन वार्ता भएको छ ।