चर्चामा फोन ह्याक गर्ने पेगासेस : सफ्टवेयरको मूल्य कति पर्छ ?


काठमाण्डु – अमेरिकाको वासिङ्टन पोष्ट, भारतको समाचार वेबसाइट ‘द वायर’ लगायत सञ्चारमाध्यमले एउटा खबर प्रकाशित गर्दै दाबी गरेको छ – विश्वभरका कयौँ पत्रकार, नेता, कुटनीतिज्ञ र सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएको छ ।

यद्यपि, ‘पेगासस’ नाम गरेको जुन ‘स्पाइवेयर’ को प्रयोग गरेर फोन ह्याक गरेको समाचार बाहिर आएको छ, त्यसलाई तयार गर्ने कम्पनी एनएसओले भने सबै आरोपलाई अस्वीकार गरेको छ ।

यस प्रोग्रामलाई केवल ‘जाँच र परीक्षण गरिएपछि’ सरकारहरूलाई मात्र बिक्री गरिने कम्पनीको दाबी छ । मिडिया रिपोर्टका अनुसार भारतका पत्रकार र अन्य विशिष्ट व्यक्तिहरूको फोनलाई इजरायलमा निर्मित यस सफ्टवेयरको माध्यमबाट ह्याक गरियो र उनीहरूको निगरानी गरियो । अब प्रश्न उठ्छ आखिर यो ‘पेगासस’ के हो र यसले कसरी काम गर्छ ?

पेगासेस के हो ?

पेगासेस एउटा सर्भेलेन्स सफ्टवेयर हो, जसलाई इजरायलको सुरक्षा कम्पनी एनएसओ ग्रुपले तयार गरेको हो । यसमा जुन व्यक्तिलाई मध्यनजर गरिन्छ, उक्त व्यक्तिको फोनमा इन्स्टल गरिन्छ र त्यसपछि फोनलाई ‘रिमोट कन्ट्रोल’ गरिन्छ । यसले रिमोट एक्सेस ट्रोजनको जस्तै काम गर्छ ।

यसलाई फोनमा इन्ष्टल गरेपछि कुनै पनि ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो र टेक्सट मेसेज, ईमेल र लोकेशन जानकारी प्राप्त गर्दछ । यसलाई बनाउने कम्पनी एनएसओको स्थापना सन् २००९ मा भएको थियो ।

यो सफ्टवेयरको मूल्य कति पर्छ ?

यो सफ्टवेयरको मूल्य भने खुलासा भएको छैन् । आमरूपमा यो गोप्य सम्झौतामा निर्यात गरिन्छ । कम्पनीले अलग–अलग सरकारलाई अलग–अलग मूल्यमा यो सफ्टवेयर उपलब्ध गराउँछ । गाबी सिमोनीका अनुसार यसको जानकारी सार्वजनिकरूपमा उपलब्ध छैन । उता, होलोन इन्स्टीट्यूट अफ टेक्नोलोजीमा साइबर विभागका प्रमुख डा. हारेल मेनाश्रीका अनुसार यो निकै महँगो हुन्छ ।
मिडिया रिपोर्टका अनुसार केही सीमित व्यक्तिको सर्भेलेन्स लाइसेन्सको मूल्य पनि करोडौँ रुपैयाँमा हुन सक्छ ।

पेगासेसले कसरी मोबाइल फोन ह्याक गर्छ ?

यसमा जुन व्यक्तिलाई मध्यनजर गरिन्छ उक्त व्यक्तिको फोनमा इन्स्टल गरिन्छ र त्यसपछि फोनलाई ‘रिमोट कन्ट्रोल’ गरिन्छ । यो रिमोट एक्सेस ट्रोजनको जस्तै काम गर्छ । यसलाई फोनमा इन्ष्टल गरेपछि कुनै पनि ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो र टेक्सट मेसेज, इमेल र लोकेशन जानकारी प्राप्त गर्दछ ।

साइबर विशेषज्ञका अनुसार आमरूपमा लक्षित व्यक्तिलाई करप्ट म्यासेज वा फाइल पठाएर डिभाइस ह्याक गरिन्छ । यसले पनि बाँकी टूल जस्तै गरी फोनलाई ह्याक गरिने अनुमान गरिएको छ ।

पेगासेसलाई कसले किन्छ ?

सार्वजनिक जानकारीका अनुसार पनामा र मेक्सिकोको सरकारले यसको प्रयोग गर्दछ । सो कम्पनीका अनुसार यसलाई प्रयोग गर्ने ५१ प्रतिशत सरकारी जासुसी एजेन्सीहरू रहेका छन् भने ३८ प्रतिशत कानुन लागू गर्ने एजेन्सी र ११ प्रतिशत सेना रहेका छन् । एनएसओका अनुसार आतंकवादीमाथि नजर राख्न र आतङ्कवादी घटनाहरूलाई रोक्ने उद्देश्यले यसको विकास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement