डिएसपी कुँवर र राठौरमाथि कारबाही हुन्छः डिआइजी शैलेश थापा


कठमाडौं – १३ औं सागको अन्तिम दिन खेल हेर्न रंगशाला पुगेका समर्थक र पत्रकारलाई प्रहरीले कुटपिट गरेपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्री घटनास्थल पुगेर जानकारी लिएका छन् ।

उनले घटनास्थलमा पुगेर पत्रकार र सर्वसाधारण कुट्ने प्रहरीमाथि छानबिन गरिने प्रतिबद्धता जनाएका छन् । साग खेलमा प्रहरीले कम संयमता अपनाएको उनको बुझाइ छ ।

‘कसैले कसैलाई कुट्न पाइँदैन । भिडियो हेरेर संलग्न प्रहरीमाथि कारबाही हुन्छ । भिडियो हेर्दा प्रहरीबाट गैर व्यावसायिक काम भएको मैले महसुस गरेको छु’ डिआइजी थापाले भने, ‘कसुर अनुसार उनीहरुमाथि कारबाही हुन्छ ।’

आज हुने नेपाल र भुटानबीचको खेलको टिकट नपाएपछि सर्वसाधारणले विरोध गरेपछि प्रहरीले धरपकड गरेको थियो ।

सोही क्रममा भिडियो खिचेको भन्दै कालीमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवर र सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोष सिंह राठौरले पत्रकारमाथि पनि कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement