साहसी ‘योङ पाइलट’ केसी वैशाखमा बिहे गर्ने तयारीमा थिए 

साहसी ‘योङ पाइलट’ केसी वैशाखमा बिहे गर्ने तयारीमा थिए 


काठमाडौं– पाइलटहरुको सर्कलमा ‘योङ पाइलट’ को नामले चिनिएका क्याप्टेन प्रभाकर केसी कुशल चालक थिए । बुधवार ताप्लेजुङ्गमा हेलिकोप्टर  दुर्घटना हुंदा मृत्यु भएका पाइलट केसीले फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेका हुन् । उनि विगत पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका थिए । 

उनलाई चिन्ने जान्नेहरुका अनुसार पाइलट केसी हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने थोरै पाइलटमध्ये एक हुन् । 

उनले भिभिआईपीहरुलाई पनि आफुले गरेको उद्दारहरुबारे बबताउने गरेका थिए  । उर्जामन्त्री वर्षमान पुनले पनि केसी मिजाशिलो र कुशल चालक भएको बताए । ‘मैले पनि एक दुई पटक उहाले उडाएको हेलिकोप्टरमा यात्रा गरेको छु, उहांले हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा समेत उडान गरेको अनुभव सुनाउनुहुन्थ्यो ।’ मन्त्री पुनले भने । 

ताहाचल घर भएका पाइलट केसी तीन बर्ष अघि एयर डाइनेस्टीमा जोडिएका थिए । उनका घरमा बुबा, आमा र एक दाजु छन्। दाजु दिवाकर कामको सिलसिलामा दुबईमा छन्। 

प्रभाकरको घरमा बिहेको कुरा चल्दै गरेको थियो । ‘उनको बिहेको लागी कुरा चल्दै थियो, वैशाखमा विवाह गर्ने कुरा पनि थियो । तर एक्कासी यस्तो दुखद खवर सुन्नपर्यो । ’ पाइलट केसीका एक आफन्तले भने ।  

मिजासिलो स्वभावका क्याप्टेन प्रभाकर सहयोगी समेत थिए । उनि साथीभाईहरुका बीचमा समेत निकै लोकप्रिय थिए । प्रभाकरले उनका नाता पर्ने दाई सरोज बस्नेतलाई तेह्रथुमका केही तस्विर समेत पठाएको बताईन्छ । उनले ११ बजेतिर सरोजसंग सम्र्पक गरेका थिए ।