युट्युबले राख्यो प्रियंका–प्रमोद अभिनित भिडियो यौनजन्य श्रेणीमा !


काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ को पहिलो गीतले नग्न श्रेणी पाएपछि कथा काठमाडौंलाई झड्का लागेको छ । नग्न र यौनजन्य सामग्रीलाई युट्युबले यस्तो श्रेणीमा राख्दछ।

गीतमा नायिका प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीबीच अन्तगरंग दृश्य रहेका कारण भिडियो सेयरिङ वेबसाइटले निश्चित उमेर समूहको श्रेणी दिएको हो।

भिडियोमा प्रियंकाले दिएको ओछ्यान दृश्यलाई लिएर दर्शकले आलोचना र टिप्पणी गरेका छन्। प्रमोदको हात प्रियंकाको यौन अंगमा पुर्याएकाे एवं ब्रा फुकालेको दृश्य छ। ईन्दिरा जोशी गायिकाको रुपमा देखिएको भिडियोमा उत्तेजित चुम्बन दृश्य पनि देख्न सकिन्छ।

इन्दिरा जोशीको स्वरमा रहेको ‘रातको कुरा ’ बोलको गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत छ । भिडियोको कोरियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् । श्रेष्ठ चलचित्रकी निर्देशक पनि हुन् ।

तीन फरक कथालाई समेटिएको चलचित्र ‘कथा काठमाडौं’ मा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी मुख्य भूमिकामा छन् । विजय राईले निर्माण गरेको चलचित्र ‘कथा काठमाडौं’ ले असोज १२ गतेलाई रिलिज डेट लक गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement