पिताम्बरको टीमले पिताम्बर–२ बनाउने

पिताम्बरको टीमले पिताम्बर–२ बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र पिताम्बरको सिक्वेल बन्ने भएको छ । पिताम्बर टीमले प्रदर्शनको ५१औँ दिन मनाउँदै यसको सिक्वेल निर्माणको घोषणा गरेको हो ।

चैत २९ गतेबाट प्रदर्शनमा आएको पिताम्बरले बिहीबार ५१ दिन मनाएको छ। यो चलचित्रले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बीएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो ।

निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच ५१औँ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ । पिताम्बरलाई कृषा चौलागाईंले निर्देशन गरेकी छिन् । चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सुरक्षा पन्त, दिब्या रायमाझी, सुपुष्पा भट्टलगायतको अभिनय छ ।