काठमाण्डु – भारतीय क्रिकेटर पियुष चावलाले व्यावसायिक क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय चावलाले आफ्नो झन्डै २० वर्षको क्रिकेट यात्रालाई पूर्णविराम लगाएको घोषणा गरेका हुन् ।
चावला भारतले सन् २००७ मा टी–२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए । चावलाले आईपीएल क्रिकेटमा पञ्जाव किंग्स, कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबाट खेलेका थिए ।
आईपीएलमा उनले एक सय ९२ विकेट लिए । आईपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा चावला चौथो स्थानमा छन् ।
उनले अघिल्लो वर्ष उत्तर प्रदेशबाट घरेलु क्रिकेट खेलेका थिए भने भारतका लागि अन्तराष्ट्रिय खेल पछिल्लो पटक सन् २०१२ मा खेलेका थिए । उनले भारतका लागि तीन टेस्ट, २५ एकदिवसीय र सात टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
प्रतिक्रिया