भूकम्प पीडितको राहत लिएर चिनियाँ सेनाका दुई जहाज पोखरा आइपुगे


काठमाण्डु – भूकम्प पीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएका २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएका छन्।

मंगलबार बिहान जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई वितरण गरिने ३५८ टन राहतसामाग्री बोकेर आएका चिनियाँ जनमुक्ति सेनाका दुईवटा विमान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । पोखराबाट जाजरकोट र रुकुम पश्चिम भने नेपाली सेनाको स्काइ ट्रकले लैजाने भएको छ।

चीनको छन्तुबाट आएका पीएलए एएफ १५ र पीएलएएएफ ०५ उडान नम्बरका ती विमानमा ल्याइएका सामाग्री नेपालका लागि चीनका राजदूत छेन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत सोङ नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट सोही समयमा पोखरा पुगेका थिए । चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement