जेठ मसान्तसम्म सबै आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय


काठमाडौं – सरकारले जेठ मसान्तसम्म सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।  आज बसेको कोरोना रोकथाम तथा उच्चस्तरिय समन्वय समितिको बैठकले आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसअगाडि जेठ १८ गतेसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको थियो । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि सम्भावित जोखिमलाई रोक्न हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement