लुक्लामा हेलिकोप्टरसँग विमान ठोक्कियो, २ जनाको मृत्यु


सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।

प्रहरीका अनुसार को–पाइलटको मृत्यु भएको छ । को–पाइलटको पहिचान भइसकेको छैन् । यता पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई राम बहादुर खड्का रहेका छन् । काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर हेलिकप्टरसँग ठेक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement