कोलम्बियामा विमान दुर्घटना हुंदा मेयरसहित १२ जनाको मृत्यु 


कोलम्बिया– कोलम्बियामा विमान दुर्घटना हुंदा नगरपालिकाका मेयरसहित १२ जनाको मृत्यु भएको छ । 

लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार राती कोलम्बियाको मेटा प्रान्तमा दुर्घटनाग्रस्त भएको हो । 

सिविसी न्युजले कोलम्बियाको उडड्यन प्राधिकरणको हवाला दिंदै विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको जनाएको छ । 

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ। 

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घटनाको छानविन हुने बताएका छन् ।  दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानविन समिति बनाउने तयारी गरेको छ । 

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement