वीरगञ्जको खाद्यान्न भण्डारमा छापा, दुई बोरा प्लास्टिकको चामल बरामद


वीरगञ्ज – वीरगञ्जको एक खाद्यान्न भण्डारबाट प्लास्टिकको चामल भएको आशङ्कामा दुई बोरा चामल नियन्त्रणमा लिइएको छ ।

वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित राजलक्ष्मी खाद्यान्न भण्डारमा छापा मारी चामल नियन्त्रणमा लिएको हो ।

छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भन्ने उपभोक्ताको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो ।

टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए ।

प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement