फाइनलमा १२ रन दिएर ३ विकेट लिएका करन बने प्लेयर अफ दी टुर्नामेन्ट


काठमाण्डु – इङ्ल्यान्डका साम करन अस्ट्रेलियामा सम्पन्न आईसिसी टी-२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भएका छन् । आइतबार साँझ सम्पन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इङ्ल्यान्ड दोस्रोपटक विश्व च्याम्पियन बनेको हो ।

यसअघि इङ्ल्यान्डले सन् २०१० मा यो प्रतियोगिता जितेको थियो । सन् २०१९ मा एकदिवसीय विश्वकप पनि जितेको इङ्ल्यान्डले आइतबार पहिला ब्याटिङ गरेको पाकिस्तानलाई १३७ रनमा सिमित गर्दै जितको आधार बलियो बनाएको थियो । करनले चार ओभरमा १२ रन खर्चिएर ३ विकेट लिए । करनले मोहम्मद रिजवान, साम मसुद र मोहम्मद नवाजको विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement