प्लाज्मा दिने र लिनेलाई जोड्न प्लाज्मा कनेक्ट अभियान सुरु


काठमाण्डु -नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसंगै प्लाज्मा कनेक्ट वेबसाइट सुरु गरिएको छ । कुनै पनि कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा अभाव नहोस् भन्ने उद्देश्यले उक्त वेभसाइट सुरु गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं, दियालो, समर्थ नेपाल, जनता क्लिनिक, एभ्रिथिङ क्रियटिभ्स, साझा युवा, स्प्यारो, खल्ती, एनएनएच, मारवाडी युवा मञ्चको साझेदारीमा यो वेबसाइट तयार गरिएको हो ।

उनिहरुले प्लाज्मा दिन चाहने कोरोना संक्रमणमुक्त र प्लाज्मा लिनुपर्ने अवस्थाका बिरामी तथा उनीहरुका नातेदारहरुलाई जोड्न प्लाज्मा कनेक्ट वेबसाइट लन्च गरिएको बताएका छन् ।

सरोकारवालाहरुले उक्त वेभसाइटले कोरोना भाइरस संक्रमित भएका बिरामीहरुलागी प्लाज्मा लिन र दिन चाहनेहरुका लागी सहज सम्पर्क हुने भएकाले यो प्लेटफर्म स्थापना गरिएको दावी गरेका छन् । वेभसाइटमा प्लाज्मा दिन चाहनेले आफ्नो विवरण दिनुपर्नेछ ।

प्लाज्मा मिलेपछि जटिल अवस्थामा पुगेका विरामीलाई पहिलो प्लाज्मा प्रदान गरिने वेबसाइटमा उल्लेख छ । सरोकारबालाहरुले प्लाज्मा दिने चाहनेहरूले सरकारले तोकेअनुसार मापदण्ड पूरा गरेको हुनुपर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement