संखुवासभाबाट प्रधानमन्त्री प्रचण्डको निर्देशन- उद्दार, राहत र बेपत्ताको खोजी कार्यमा लाग्नुहोस्


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतमा कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । आइतबार बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्डले खोजी, उद्दार कार्य र राहतमा कन्जुस्याइँ नगर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका हुन् ।

त्यस्तै उनले बाढी पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा लाग्न जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिए ।

‘म अस्ति मात्र मेलम्ची गएको थिएँ,त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो । यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो ।’, प्रधानमन्त्री प्रचण्डले भने । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement