माओवादीका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौंः प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताए ।

यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement