राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमवार राष्ट्रपति भवन शीतलनीवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका छन् । साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement