प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शनिवार प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच भएको भेटवार्तामा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको जनाइएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभासहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement