परशुराममा वडा स्तरिय भलिबल प्रतियोगिता हुँदै, विजेतालाई नगदसहिद ट्रफि पनी!


काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा राम जानकी सामुदायिक वन उपभोक्ता समुहले भलिबल प्रतियोगिता गर्ने भएको छ ।

राम जानकी सामुदायिक वन उपभोक्ता समुहले दशैँ तथा दिपालिको अवसर पारेर कात्तिक ३ गतेदेखि (वडा वाइज) भलिबल प्रतियोगिता गर्ने भएको हो ।

उक्त प्रतियोगिता परशुराम नगरपालिका वडा नम्बर १० स्थित सिताराम मा बी कुर्मुल्लेमा सञ्चालन हुन लागेको स्थानीय युवा भिम बहादुर विष्टले बताए । उनले भलिबल प्रतियोगितामा सहभागि हुन परशुरामका १२ वटै वडाका खेलाडीलाई आग्रह गरेका छन् ।

त्यस्तै प्रतियोगितामा विजेता हुनेलाई नगद २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र दिइनेछ । त्यस्तै तृतीय हुनेलाई पाँच हजार दिइने छ ।

‘सम्पूर्ण युवा सहयोगी मनहरु समाजसेवी मिलेर भलिबल प्रतियोगिता सञ्चालन गर्दैछौँ । यसको लागि राम जानकी सामुदायिक वनले हामीलाई आधिकारिकता प्रदान गर्ने भएको छ दशैँमा देश बिदेशबाट सबै घरम आएका हुन्छन् ।

सबैको रमाइलो भेटघाट होस र आपसी भाइचारा रहिरहोस भनेर सबैलाई एकै ठाउँमा रमाइलो दिने दशैँ तिहारको शुभकामना साटा साट गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्न लागेको हौँ । खेलाडीलगायत सबै परशुराम बासीलाई हार्दीक आमन्त्रण गर्दछौँ।’, भिम विष्टले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement