प्रधानमन्त्री कहिलेसम्म रहन्छु भन्ने कुरा मुख्य होइन : प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन सरकार रहन्छ भन्ने मुख्य कुरा नभएको बताएका छन् । काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू कति दिन प्रधानमन्त्री महत्वपूर्ण नभइ काम मुख्य कुरा भएको बताएका हुन् ।

‘कति दिन प्रधानमन्त्री रहन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’, उनले भने ।

प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बताए । यसैबेला सरकार ढाल्ने प्रयत्न भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement